|  

निर्वाचन आयोग भन्छः एकैचरणमा मतदान गर्दा सुरक्षा चुनौती 

बैशाख ३०, काठमाडौं । देशैभर एकैचरणमा चुनाव गर्दा सुरक्षा चुनौती देखिएको छ ।

आज साँझ पत्रकार सम्मेलन गर्दै देशभर एकैचरणमा चुनाव गर्दा यस्तो समस्या देखिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । थपलियाले निर्वाचन सम्पन्न गराउन राजनीतिक दलहरूको पूर्ण सहयोग नभएको गुनासो गरे ।

उनले भने, “एकैचरणमा गर्दा सुरक्षामा चुनौती भयो । दलहरुको सहयोग हुनुपर्ने हो त्यो हुन सकेन । “साना विषयमा अनावश्यक विवादले उग्ररुप लिएको छ ।”

त्यस्तै, आयोगले स्थानीय तह निर्वाचनमा आवश्यक सुरक्षा प्रवन्ध गर्न नसकिएको निष्कर्ष निकालेको छ । उनले देशैभरी एकैसाथ निर्वाचन गराउने क्रममा आवश्यक सुरक्षा प्रवन्ध गर्न नसकिएका कारण धेरै ठाउँमा निर्वाचन स्थगित गर्नु परेको बताए ।