|  

मतपेटिका बोकेका ट्रक दुर्घटना

३० वैशाख, काठमाडौं । रामेछापमा मतपेटिका बोकेका ट्रक दुर्घटना भएको छ।

रामेछाप नगरपालिका १ गोठगाउँ वडा कार्यालय मतदान केन्द्रको मतपेटिका निर्वाचन अधिकृतको कार्यालय पु¥याउने क्रममा ट्रक दुर्घटनामा परेको हो।

ढुवानीमा प्रयोग भएको ट्रक साँघुटारको बाँकिमैरीमा शुक्रबार साँझ दुर्घटनामा परेको र केही कर्मचारी र सुरक्षाकर्मी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।दुर्घटना हुँदा केही मतपेटिका च्यापिएका छन् भने एउटा मतपेटिकाको शिल सामान्य फुटेको छ।