|  

देशभर थप ७ जनामा कोरोना पुष्टि, १६ डिस्चार्ज

३० वैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज पीसीआर विधिबाट १ हजार १ सय ४८, एन्टीजेन विधिबाट २ सय ८९ जनामा परिक्षण गर्दा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आज थप १६ जना कोरोना संक्रमणमुक्त भएका छन्।आज कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ।हाल नेपालमा कोरोना सक्रिय संक्रमित संख्या १ सय ६४ रहेको छ । 
 

No photo description available.