बैशाख ३०, काठमाडौं । विवाद र झडपका कारण १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
निर्वाचन आयोगले कतिपय मतदान केन्द्रमा भने मौसमको खराबीका कारण पनि मतदान स्थगित भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आम रूपमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए ।
स्थगन भएका मतदान केन्द्रको मतदान आयोगसँगको समन्वयमा छिट्टै गर्ने बताइएको छ ।