|  

आईपीएल २०२२ः बैंग्लोरलाई हराउँदै पञ्जाब किङ्स विजयी 

३१ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेञ्जर्स बैंग्लोरलाई हराउँदै पञ्जाब किङ्स विजयी भएको छ ।

शुक्रवार राति भएको खेलमा पञ्जाब किङ्सले रोयल च्यालेञ्जर्स बैंग्लोरलाई ५४ रनले पराजित गरेको हो । मुम्बईको ब्रेबोर्न स्टेडियममा आयोजित खेलमा २ सय १० रनको विशाल लक्ष्य पछ्याएको आरसीबीको टिम ९ विकेटमा १ सय ५५ रनमै समेटियो । पञ्जाबको १२ खेलमा यो छैठौं जित हो । यो जितसंगै पञ्जाबको प्लेअफमा जाने सम्भावना जिवितै छ ।