|  

सोलुखुम्बुमा झडपमा परी एक जनाको मृत्यु

३१ बैशाख, काठमाडौं । सोलुखुम्बुमा मत खसाल्न ल्याएको तर मतदान पछि घर पुर्याउन बेवास्ता गरेको विवादमा झडप हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

जिल्लाको सोताङ गाउँपालिका-३ मा मतदातालाई घर लैजाने विषयमा हिजो बेलुका कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको थियो । झडपमा ३५ वर्षीय सुदीप राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घाइते भएका राईको जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिए ।

घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् ।