|  

मतदानका लागि घर गएकाहरु काठमाण्डौ फर्कन सुरु

३१ बैशाख, काठमाडौं । मतदानका लागि गाउँघर पुगेकाहरु अब सहर फर्कन सुरु गरेका छन् ।

भोट खसाल्न सहर बजारबाट आफ्नो मतदाता नामावली भएको ठाउँमा पुगेकाहरु मतदान सकिएपछि फर्कन थालेका हुन् । आज बिहानसम्म विभिन्न ठाउँबाट ४ हजार ९० जना यात्रु उपत्यका भित्रिएका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, इलामलगायतका जिल्लाबाट काठमाण्डौ आउनेको सङ्ख्या धेरै रहेका छन् ।

यस्तै काठमाण्डौको विभिन्न नाका हुँदै एक हजार दुई सय ८६ वटा गाडीमा तीन हजार तीन सय ५५ जना यात्रु उपत्यका बाहिर गएको डीएसपी बालनरसिंह राणाले जानकारी दिए ।