|  

काठमाण्डौको मतगणना सभागृहमा, सभागृह जाने गाडीलाई डाइभर्सन

३१ बैशाख, काठमाडौं । काठमाडौँ महानगरको मतगणनाका भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा हुँदैछ । 

जिल्ला निर्वाचन कार्यालय काठमाडौंले सभागृहमा मतपत्रको सुरक्षाका लागि सिसिटिभी र तारजाली समेत लगाएको छ । काठमाडौं महानगरका सबै वडाको मतगणना सभागृहमा हुने आयोगले जनाएको हो ।

यसैबीच काठमाण्डौको सभागृहमा मतगणना हुने भएकाले पद्मोदय मोडबाट सभागृह जाने गाडीलाई शङ्करदेव, पुतली सडक र भद्रकालीबाट डाइभर्सन गरिएको छ ।