|  

दुर्घटनामा परि सुर्खेतमा सहायक मतदान अधिकृतको मृत्यु

३१ बैशाख, काठमाडौं । सुर्खेतमा खटिएका सहायक मतदान अधिकृतको मृत्यु भएको छ ।

स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा खटिएका उनको दुर्घटनामा परेर मृत्यु भएको हो ।वीरेन्द्रनगर-३ मा रहेको हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका ४० वर्षीय हृदयराम ढकालको मृत्यु भएको छ । उनको गय राति वीरेन्द्रनगर-८ मा मोटरसाइकल दुर्घटनामा परेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

वीरेन्द्रनगर नगरपालिकामा कार्यरत ढकालको शव पोष्टमार्टका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको छ ।