|  

ह्वाट्सएपमा नम्बर सेभ नगरी पनि पठाउन सकिन्छ म्यासेज

३१ बैशाख, काठमाडौं । ह्वाट्सएपमा नम्बर सेभ नगरीकन पनि म्यासेज पठाउन सकिनेछ । 

हामी कसैसँग च्याट गर्नुर्पयो भने सबैभन्दा पहिले कन्ट्याक्टमा उसको नम्बर खोजेर त्यसपछि म्यासेज गर्नुपर्छ । तर एउटा यस्तो तरिका छ, जसका माध्यमबाट फोन नम्बर कन्ट्याक्टमा सेभ नगरी च्याट गर्न सकिन्छ ।

त्यसका लागि सबैभन्दा पहिले आफूले म्यासेज पठाउन चाहेको नम्बर कपी गर्ने । त्यसपछि गुगलमा गएर  (wa.me/ देशको कोड र मोबाइल नम्बर टाइप गरी सर्च गरेपछि सोझै ह्वाट्सएपको वेब वा एप खुल्छ । त्यसपछि हामीले च्याट गर्न सक्नेछौँ ।