३१ बैशाख, काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आइतबार पनि बैंकिङ सेवा दिने निर्णय गरेको छ ।
आइतबार संचालन हुने शाखाहरुमा बैंकले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रदान गर्ने बताइएको छ । नेपाल सरकारले हप्तामा दुईदिन सार्वजनिक विदा दिने निर्णय गरे पश्चात आइतबार पनि बैंकिङ सेवा दिने सप्तकोशी डेभलपमेन्ट बैंक नेपालका बैंकहरुमा नै पहिलो बैंक रहेको छ ।
यसअन्तर्गत हाल बैंकले प्रदेश नं.१ मा रहेका आफ्ना ३५ शाखाहरु मध्ये १३ शाखाहरुबाट यही जेष्ठ १ गतेदेखि नै सेवा प्रदान गर्ने छ र आगामी दिनमा बजारको आवश्यकता र ग्राहकको माग बमोजिम आइतबार संचालन हुने शाखा संख्या बढाउदैँ लैजाने बैंकको नीति छ ।
बैंकको यस थप सेवाले ग्राहकवर्गमा सुविधा पुग्न जाने र आइतबार संचालन हुने बजारलाई केही हदसम्म भएपनि बैंकिङ आवश्यकताको परिपूर्ति हुने जनाएको छ ।