|  

चालु आर्थिक वर्षमा बीमा शुल्क १ खर्ब १ अर्ब २२ करोड ४५ लाख बढि

३१ बैशाख, काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा १९ वटा जीवन बीमा कम्पनीहरुको बीमा शुल्क १ खर्ब १ अर्ब २२ करोड ४५ लाख भन्दा बढी बीमा शुल्क लिएका छन् ।

कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनासम्मको वित्तिय विवरणले यस्तो देखाएको हो । तेस्रो त्रैमासमा ती जीवन बीमा कम्पनीहरुले १ खर्ब १ अर्ब २२ करोड ४५ लाख ८३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् । 

कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण हेर्दा पनि १९ जीवनबीमा कम्पनीहरुमध्ये गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र मेट लाइफ बाहेक सबै जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षकोे तुलनामा खुद बीमा शुल्क आर्जन बढाएका छन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशतले व्यवसाय विस्तार गरी २५ अर्ब ९९ करोड ७९ लाख ३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।