३१ बैशाख, काठमाडौं । ‘कभी इद कभी दिवाली’ फिल्मको छायांकन सुरु भएको छ । उक्त फिल्मको मुम्बईमा भव्य सेट लगाएर छायांकन थालिएको छ ।
फिल्मको छायांकन सुरु भएसँगै बलिउडमा अभिनेता सलमान खानले आफ्नो लुक्सको बारेमा फ्यानहरुलाई जानकारी दिएका छन । सलमानले फिल्ममा उनको लामो कपाल हुनेछ । उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको तस्बिरमा लामो कपालमा कालो चस्मा सहित कालै कपडामा छन् ।
फिल्मको निर्देशन फरहाद सामजीले गरिरहेका छन् ।