|  

काठमाण्डौमा बालेन शाह दोब्बरभन्दा धेरै मतले अगाडि

३१ बैशाख, काठमाडौं । काठमाण्डौ महानगरपालिकाको मतगणना राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा जारी छ ।

हालसम्म २ सय ३ मतगणना भएको छ । जसमा काठमाण्डौका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले १ सय ९ प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४६ मत प्राप्त गरेकी छन् । सिर्जना भन्दा बालेन दोब्बर मतले अगाडी छन् । 

त्यस्तै नेकपा एमालेबाट केशव स्थापितले ३२, राप्रपाबाट मदनदास श्रेष्ठले ८, अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १ मत प्राप्त गरेका छन् ।