|  

रौतहटका २२ वटा मतदान केन्द्रको मतदान रद्द

३१ वैशाख, काठमाडौं । हिजो(शुक्रबार)सम्पन्न स्थानीय तहको निर्वाचनमा रौतहटका २२ वटा मतदान केन्द्रको मतदान रद्द भएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार विभिन्न पक्षहरुबीच विवाद र झडप हुँदा मतदान रद्द भएको हो ।जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ७ का दुइ मतदान केन्द्रमा मतदान रद्द भएको छ।यता बौधिमाई नगरपालिका वडा नम्बर २ का ३ वटा मतदान केन्द्र र वडा नम्बर ९ को दुई वटा मतदान केन्द्रको मतदान पनि रद्द भएको सो कार्यालयले जनाएको छ।

यसैगरी गढीमाई नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुर स्थित खरिदी प्राथमिक विद्यालय भवनमा दुई वटा मतदान केन्द्र तथा सोही नगरपालिकाको दुईवटा मतदान केन्द्रका मतदान रद्ध भएको बताइएको छ।रद्द भएको स्थानहरुमा पुनः मतदान गर्ने तयारीमा रहेको र आवश्यक मतपत्र र निर्वाचन सामाग्रीको प्रबन्ध मिलाएर नयाँ मिति घोषणा गर्ने जनाइएको छ ।