|  

पब्जीले तीन महिनामै कमायो ३८ अर्ब

३१ बैशाख, काठमाडौं । जनवरी महिनादेखि पब्जीको पर्सनल कम्प्युटर (पीसी) भर्सन निःशुल्क गरेसँगै तीन महिनामै पब्जीको आम्दानी बढेको छ ।

पब्जीको डेभलपर कम्पनी क्राफ्टनले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार यो वर्षको पहिलो त्रैमासिकमा पब्जी पीसीको आम्दानी १०० प्रतिशतभन्दा बढीले बढेको हो । पब्जी पीसीको आम्दानी मात्रै अघिल्लो वर्षको तुलनामा ६१ प्रतिशतले बढेको छ । गत वर्षको पहिलो त्रैमासिकको तुलनामा यो वर्षको पहिलो त्रैमासिकमा १२४ प्रतिशतले कम्पनीको आम्दानी वृद्धि भएको छ ।

योसँगै यस खेलका प्रयोगकर्ता पनि प्रत्येक महिना तीन गुणाले बढिहरेको कम्पनीले बताएको छ । तर संख्या भने उल्लेख गरिएको छैन । सन २०१७ मा सुरु गर्दा पब्जी पीसी भर्सन सशुल्क थियो ।

क्राफ्टनका अनुसार २०२१ को मार्च महिनासम्म एक अर्बभन्दा बढी पटक डाउनलोड भइसकेको खेलले २०२२ को पहिलो त्रैमासिकमा ३० करोड ७१ लाख डलर अर्थात ३७ अर्ब ९७ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ ।