|  

उदयपुरको त्रियुगामा भोलि मात्रै मतगणना 

३१ बैशाख, काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकामा भोलि मात्रै मतगणना हुने भएको छ ।

शुक्रबार वडा नम्बर १२ मा मतदान हुँदै गर्दा विवाद उत्पन्न भएपछि मतदान स्थगित भएको थियो । उक्त विवाद अझै नटुंगिएकाले आज अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाइएको छ । मुख्य निर्वाचन अधिकृत दीपक खनालले अपरान्ह ४ बजे सर्वदलीय बठैक बोलाइएको बताउँदै आजै मतगणना सुरू गर्न नसकिने जानकारी दिए । अहिले कांग्रेसले उक्त वडामा पुनः मतदान गर्नुपर्ने माग गरेको छ।

त्रियुगामा गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेत साझा उम्मेदवार छन्। तर एकीकृत समाजवादीबाट बलदेव चौधरी पनि मेयरमा उठेका छन्। चौधरी यसअघि नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थिए ।

अहिले भने एमालेबाट भागवत राउत मेयरमा उठेका छन। राप्रपाबाट हरिबहादुर राउत मेयरमा उठेका छन । त्रियुगामा ६० हजार मतदाता छन् ।