|  

५२९ गणना गर्दा बालेनको अग्रता कायमै

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन्।

५ सय २९ मत गन्दा शाहले १ सय ७८ मत ल्याएका छन्।सुरुको समयदेखि नै बालेनको अग्रता कायम नै छ।उनले हालसम्म गणना भएको मतको ३४ प्रतिशत मत पाएका छन्।

त्यस्तै उनलाई गठबन्धनको तर्फबाट मेयर पदकी उम्मेदवार सिर्जना सिंहले पछ्याइरहेकी छिन् ।सिर्जनाले १ सय २० मत पाएकी छन् भने भने तेस्रोमा रहेका एमालेका केशव स्थापित १ सय १० मत ल्याएका छन्।

अहिलेसम्म सिंहले २३ र स्थापितले २१ प्रतिशत मत पाएका छन्।अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३० मत पाएका छन् भने राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले २३ मत ल्याएका छन्।