|  

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, १ घाइते

३१ वैशाख, काठमाडौं । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।भने उक्त दुर्घटनामा परी अर्का एक घाइते भएका छन्।

भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका-१ ढुनढुनेमा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो।

डोटीको आदर्श गाउँपालिका घर भई तराईतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना भएको स्थानीयवासीले बताए । मृतक र घाइतेको परिचय खुल्न सकेको छैन ।