|  

न्युजिल्याण्डकी  प्रधानमन्त्री आर्डर्नलाई कोरोना पुष्टि

३१ वैशाख, काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोना संक्रमण पुष्टि भएको छ।

उनले सामाजिक सञ्जालमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकी हुन्।आफू परिवारका साथ घरमा रहेको र आजदेखि घरमै एकान्तवास बस्ने जानकारी पनि गराएकी छिन्।

उनले सामाजिक सञ्जालमा आफूले कोरोना भाइरसका विरुद्धमा विभिन्न सतर्कता अपनाउँदा पनि भाइरस देखिएको बताएकी छिन्।प्रधानमन्त्री जासिन्डा आर्डर्नका सहयोगी पनि संक्रमित भएकाले आफू र सहयोगीले घरबाटै कार्यालयको काम गर्नेगरी व्यवस्था मिलाएको पनि बताएकी छिन् ।