|  

भरतपुर महानगरपालिकामा सुवेदीलाई पछि पार्दै अघि बढिन् रेणु

३१ वैशाख, काठमाडौं ।चितवनको भरतपुर महानगरपालिकामा हालसम्म २ सय मत गणना भएको छ ।

उक्त मत अनुसार गठबन्धनको तर्फबाट मेयर पदकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन्।उनले १ सय ३ मत ल्याउदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ६८ मत ल्याएका छन्।यस्तै, अर्का प्रतिस्पर्धी जगन्नाथ पौडेलले १९ मत पाएका छन् भने १३ मत बदर भएको छ ।