|  

देशभर २ जनामा कोरोना पुष्टि, १६ डिस्चार्ज

३१ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज पीसीआर विधिबाट १ हजार १ सय २७, एन्टीजेन विधिबाट १ सय २७ जनामा परिक्षण गर्दा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन।त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ८ सय ८९ संक्रमित निको भएका छन्।हाल नेपालमा १ सय ५० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।