|  

भरपुरमा २० मतले अग्रता बढाउँदै रेनु  

३१ वैशाख, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन्।

७ सय मत गन्दा २ सय ७८ मत ल्याएर रेनु अघि छिन् भने, एमाले–राप्रपा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका विजय सुवेदीले २ सय ५८ मत ल्याएर रेनुलाई पछ्याइरहेका छन् ।सत्ता गठबन्धनको बागी बनेर उठेका जगन्नाथ पौडेलले ९५ मत ल्याएका छन्।