|  

 प्रधानमन्त्री देउवाको गाउँपालिका कांग्रेसको जित

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मतदाता रहेको गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ।

अन्तिम मत परिणामअनुसार अध्यक्षमा ईन्द्र कार्की र उपाध्यक्षमा ज्ञानु सेठी विजयी भएका हुन्।अध्यक्षमा विजयी कार्कीले ३ हजार १ सय ८४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस वीपीका सुरेन्द्र मालीले १ हजार ७ सय ३ मत प्राप्त गरे।

उपाध्यक्षमा कांग्रेस उम्मेदवार सेठीले ३ हजार १३ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका इन्द्र महराले १ हजार ७ सय ३ मत प्राप्त गरे।सो पालिकामा एमालेले कांग्रेस वीपीका उम्मेदवारलाई समर्थन गरेको थियो।