|  

काठमाडौं महानगर अब ५७ हजार ९९ मत गन्न बाँकी

९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन तर्फको ७० प्रतिशत मतगणना सकिएको छ ।

कूल १ लाख ९१ हजार १ सय ८६ मत खसेकोमा अहिलेसम्म १ लाख ३४ हजार ८७ मतगणना भएको छ ।  अब काठमाडौं महानगरका ५७ हजार ९९ मत गन्न बाँक्री रहेको बताइएको छ ।

७० प्रतिशत मतगणना सकिँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले ४५ हजार ९ सय ८२ मत पाएका छन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले २७ हजार ४२३ मत ल्याएकी छिन् ।एमालेका केशव स्थापितले २६ हजार ४५४ मत पाएका छन् ।