|  

मावि तहको अध्यापन अनुमतिपत्रका लागि ६७ हजार भन्दा बढीको आवेदन

१० जेठ, काठमाडौं । माध्यामिक तहको अध्यापन अनुमतिपत्रका लागि ६७ हजार २ सय ६८ जनाले आवेदन दिएका छन ।

शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमतिपत्रको परीक्षा सञ्चालनका लागि खुला गरेको विज्ञापनमा ६७ हजार २ सय ६८ जनाले परीक्षा दरखास्त फाराम भरेका हुन । आयोगले २०७९ बैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र जेठ ५ गतेसम्म अबिलम्ब (दोब्बर) शुल्कमा परीक्षा आवेदन दखास्त फाराम भर्नका लागि विज्ञापन गरेको थियो ।

साथै ६७ हजार २ सय ६८ जना कुल आवेदक मध्ये ६५ हजार १ सय ७० आवेदकहरुले मात्र अध्यापन अनुमति पत्रको परीक्षामा समेल हुन पाउने छन । बाँकी २ हजार ९८ जना परीक्षामा सामेल हुन पाउने छैनन् ा। आयोगका अनुसार दरखास्त भरेका तर शुल्क नतिरेका, आधा शुल्क मात्र तिरेका र फारम भर्दा विगारेका उम्मेदवारहरुले परीक्षा दिन पाउने छैनन ।

त्यसैगरी प्रदेशगत अन्तर्गत प्रदेश १।मा १० हजार ९४ जनाले आवेदन दिएका छन् । मधेश प्रदेशमा ८ हजार ६ सय ९७ , बागमती प्रदेशमा १७ हजार ७८, गण्डकी प्रदेशमा ५ हजार ६ सय ९६, लुम्बिनी प्रदेशमा १० हजार ९ सय ६२, कर्णाली प्रदेशमा ५ हजार ८ सय १३ र सुदुरपश्चिम प्रदेशमा ६ हजार ८ सय ३६ जनाले आवेदन दिएका छन् । परीक्षा असार १८ गते प्रदेशगत रुपमा सञ्चालन हुँदै छ ।