|  

सौन्दर्य प्रतियोगिता रोक्दैमा रेपका केशहरु घट्दैनः गायिका पाण्डे (भिडियोसहित)

१० जेठ, काठमाडौं ।  गायिका तथा मोडल प्राश्ना पाण्डेले संसदीय समितिले नीतिगत रुपमा स्पष्ट भएर मात्र सौन्दर्य प्रतियोगिता सञ्चालन गर्न दिन सरकारलाई दिएको निर्देशनमा आपत्ति जनाएकी छन् ।

हेडलाईन नेपालको हेडलाईन विशेषमा कुरा गर्दै उनले यस्ता प्रतियोगीता रोक्दैमा रेप केशहरु नरोकिने बताएकी हुन् । ग्ल्यामर क्षेत्र भएकाले यस क्षेत्रमा बढी केशहरु देखिने भएपनि अन्य क्षेत्रमा पनि रेपका घटनाहरु हुने गरेको उनले बताइन् ।

उनले महिलाहरुले जुनसुकै काम गर्दा पनि सुरक्षित महशुस गर्न नपाएकोमा दुखेसो ब्यक्त गरिन । स्टार हुने लोभका कारण  कतिपय छोरीमान्छे फस्ने गरेको उनको भनाइ छ । आफुसँग क्षमता भएपछि लक्ष्यमा पुग्न सकिने भन्दै उनले लोभ र लालचमा नपर्न पनि आग्रह गरिन ।