|  

फेरी बढ्यो बसको भाडा, कुन रुटमा कति? (सूचीसहित)

१० जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै सो जानकारी दिएको हो।

विभागले सार्वजनिक यातायातको २.१ देखि ३ प्रतिशतको दरले भाडा वृद्धि गरेको जनाएको छ। जसमा यात्रु वहाक सवारी साधनको भाडामा २.१, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा २.७ र तराईका बाटोमा सञ्चालन हुने माल बहाक सवारीको भाडामा ३ वृद्धि गरेको छ।