|  

१२ कक्षाको परीक्षा समय परिवर्तन, बिहान ८ बजेदेखि हुने

१२ जेठ, काठमाडौँ । कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन भएको छ । राष्ट्रिय परिक्षा बोर्डले  कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन गर्ने गरी समय परिवर्तन गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी परिक्षा समय परिवर्तन भएको जनाएको हो ।

विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय परिवर्तन गरिएको बोर्डले जनाएको छ ।