|  

पाठ्यपुस्तक चाँडै प्रकाशन गर्न माग गर्दै नेविसंघले बुझायो ज्ञापनपत्र

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई ज्ञापनपत्र बुझाएको छ ।

विद्यालय खुलेतापनि पाठ्यपुस्तक प्रकाशनमा भने ढिलासुस्ती भइरहेको कारण संघले ज्ञापनपत्र बुझाएको हो ।पत्रमा भनिएको छ,‘छिटोभन्दा छिटो पाठ्यपुस्तकहरू पूर्णरूपमा प्रकाशन गर्न र समयमा प्रकाशन नभए नेपाल विद्यार्थी संघद्वारा सञ्चालन हुने आन्दोलनको सामना जनक शिक्षा सामग्री केन्द्रले गर्नुपर्ने कुरा हामीले अवगत गराएका छौँ ।’

ज्ञापनपत्र बुझ्दै केन्द्रले केही हप्ताभित्रै पाठ्यपुस्तकहरू पूर्णरूपमा प्रकाशन गरी विद्यार्थीहरूलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।