|  

मङ्कीपक्स के हो? लक्षण तथा बच्ने उपायहरु

१३ जेठ, काठमाडौं । केही हप्तादेखि विश्वका २० भन्दा बढी देशहरुमा तीव्र रुपमा फैलिएको मङ्कीपक्स भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने एक किसिमको सरुवा रोग हो ।

नेपालमा हालसम्म यो रोग देखा नपरे पनि विश्वका विकसित देशहरुमा देखा परी सकेको छ  । तसर्थ उक्त रोग नेपालमा भित्रन नदिनका लागि आम नागरिक सचेत हुन आवश्यक छ । 
मङ्कीपक्स कसरी सर्छ ?
-थुक, र्याल,
-घाउ, खटिरा,
-शरीरबाट निस्कने तरल पदार्थ,
-दूषित सतह र सामग्री
निम्न अंगबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छ
-श्वासनली,
-आँखा, नाक वा मुख,
-काटिएको, टोकिएको वा फुटेको छाला
यसका साथै बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस सर्न सक्छ  । 
लक्षणहरु 
-ज्वरो आउनु,
-सामान्यतया ज्वरो सुरु भएको १–३ दिनभित्रमा छालामा दाग देखिनु,
-अनुहार, हत्केलाल, र पैतालामा डाबर देखा पर्नु,
-डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उपकिुन,
-टाउको, ढाड र मांसपेशी दुख्नु,
-शरीरका ग्रन्थिहरु बढ्नु,
-लक्षण १४-२८ दिनसम्म रहन सक्छ र सामान्यतया आँफै हराउँछ ।
सम्भावित जटिलता
बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरुलाई निम्न जटिलता हुनसक्छ
-आँखामा सङ्क्रमण दृष्टि गुम्नु,
-अन्य जीवाणुको सङ्क्रमण,
–न्य्रूमोनिया,
-मस्तिष्क ज्वर,
-गर्भ खेर जानु,
-मृत्यु
रोकथाम 
-मङ्कीपक्स शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने,
-संक्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने,
-संक्रमित व्यक्तिको हेरचाह गर्नेलाई पिपीई लगाउने,
-घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पञ्जा लगाउने,
-नियमित रुपमा साबुनपानीले हात धुने,
-मरेका बिरामी जनावरको सम्पर्कमा नजाने,
-संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी र डिटर्जेन्टले धुने,
-संक्रमितको सम्पर्कमा आएको सतह र स्थान निसंक्रमण गर्ने,
-मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने,
-फोहोरलाई उचित स्थानमा फाल्ने।।