|  

अभिनेत्री जान्हवी कपुरले लगाएको पोशाक पार्टीको भीडमा माथिबाट चिप्लिएपछि…

१४ जेठ, काठमाडौं । जान्हवी कपुर बलिउडकी चर्चित अभिनेत्री हुन् । पछिल्ला दिनहरूमा उनी कहिले आफ्नो फिल्म त कहिले व्यक्तिगत जीवनलाई लिएर चर्चामा रहन्छिन् ।

धेरै पटक उनी आफ्नो पहिरनका कारण पनि चर्चामा आउने गर्छिन् । योसँगै उनी आफ्नो ड्रेसिङ सेन्सलाई लिएर समय समयमा उप्स मोमेन्टको सिकार पनि हुनु परेको छ ।

जान्हवी कपुर फेरि एकपटक उप्स मोमेन्टको सिकार भएकी छिन् । उनी फेरि आफ्नो पहिरनका कारण चर्चामा आएकी हुन् । जसकारण उनी सामाजिक सञ्जालमा ट्रोल पनि भइरहेकी छिन् ।

बुधबार फिल्म निर्माता करण जोहरले आफ्नो ५० औं जन्मदिन मनाएका छन् । त्यस क्रममा उनको पार्टीमा टिभी र चलचित्र जगतका सबै कलाकारहरु पुगेका थिए ।

यस पार्टीमा बलिउड अभिनेत्री जान्हवी कपूर पनि पुगेकी थिइन् । तर, यस क्रममा उनी आफ्नो पहिरनका कारण संकटमा परिन् । उनी ‘उप्स मोमेन्ट’ को शिकार भइन् ।

वास्तवमा, जान्हवीले अग्लो हिलमा उज्यालो गुलाबी रंगको पोशाक लगाएकी थिइन् । त्यो पोशाकमा उनी निकै सुन्दर देखिइन् । तर पार्टीको बीचमा, उनको यो पोशाकले उनलाई धोका दियो । उनको पोशाक माथिबाट अलि चिप्लिएको थियो । त्यस बेलाका तस्बिरहरू क्यामेरामा कैद भए ।

सोही क्रममा उनका यी तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका हुन् । जसकारण उनी ट्रोलको शिकार भइन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्तो लुगा सम्हाल्न नसक्ने भए किन लगाएको भनेर प्रश्न पनि गरेका छन् ।

तपाईंलाई जानकारी गराउ जान्हवी कपुर पहिरनलाई लिएर उप्स मोमेन्टको शिकार भए पनि उनी निकै सुन्दर देखिइन् । उनी चर्चित अभिनेत्री स्वर्गीय श्रीदेवी की छोरी हुन् ।