|  

प्रदेश १ सरकार बजेट के कस्तो बनाउने भन्नेबारे सुझाव संकलन गर्दै 

१४ जेठ, काठमाडौं । प्रदेश १ सरकार आगामी बजेटका लागि सुझाव संकलन गर्न थालेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट निर्माण गर्न सुझाव संकलन थालेको हो ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र अन्य विभिन्न १२ मन्त्रालयका १४ जना मन्त्रीहरु प्रदेशका १४ वटै जिल्लामा आफैँ सहभागी भएर आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति कार्यक्रम र बजेट निर्माण गर्न सुझाव संकलन गर्न थालेका छन् । सुझाव संकलनमा खटिएका मुख्यमन्त्री विज्ञ र कर्मचारीहरुले जिल्ला जिल्लामा पुगेर त्यहाँका स्थानीय जनप्रतिनिधि र सुरक्षा निकाय र कार्यालयका कर्मचारीहरुसँग प्रत्यक्ष अन्तक्र्रिया  गरेर सबैले शुक्रबार एकै दिन सबैतिर छलफल कार्यक्रम आयोजना गरि समस्या पहिचान गरेका छन ।

साथै सरकारको नीति कार्यक्रम र बजेट के कस्तो बनाउने भन्नेबारे सुझाव पनि प्रदेश सरकारका आथिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताए ।