|  

नेपाल र टिमोर लिस्टेबीच आज प्रतिस्पर्धा हुँदै

१४ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज टिमोर लिस्टेविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ ।

एएफसी एसियन कप २०२३ छनोटको तयारीमा रहेको नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतारको दोहास्थित ग्रान्ड हमाद रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

नेपालले एएफसी एसियन कप छनोटको तयारीका लागि टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । बन्द प्रशिक्षणका लागि कतारमा रहेको नेपाली टोलीले त्यहाँ दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । नेपालले ३ जुनमा दोस्रो मैत्रीपूर्ण खेलमा ओमानको सामना गर्दैछ । एसियन कप तेस्रो चरणको छनोटका लागि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेका छन ।

एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, इन्डोनेसिया र कुवेत छन ।