|  

स्वास्थ्य बिमा प्रभावकारी हुन सकेनः गगन थापा

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्य बिमा कानुन बनाएपनि स्वास्थ्य बिमा प्रभावकारी हुन नसकेको बताएका छन् ।

प्रतिनिधि सभामा जारी आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री रहेको अवस्थामा स्वास्थ्य बिमाको कानुन बनाए पनि कार्यान्वयन हुन नसकेको बताएका हुन् ।

उनले स्वास्थ्य बिमा कानुन बनाएपनि हामीहरुले अहिलेसम्म टुकटुक मात्रै हिँडिरहेको टिप्पणी गरे । यो हाम्रो कानुन र अपेक्षा अनुसार नभएको उनको भनाइ छ । उनले भने, ‘जतिसुकै लागत लागे पनि कुनै पनि नागरिकले एक रुपैयाँ नतिरी बिमाको कभरेज हुनेगरी हामीले यसको व्यवस्था गरेका थियौं। तर, कार्यान्वयन हुन सकेन ।’