|  

आफ्नो कार बेच्न नपाएको देशमा उत्पादक इकाइ खोल्दिनः एलन मस्क 

१४ जेठ, काठमाठौं । टेस्लाका संस्थापक एलन मस्कले आफ्नो कार बेच्न र मर्मत गर्ने मौका नपाएको कुनै पनि देशमा आफ्नो उत्पादक इकाइ नखोल्ने बताएका छन् ।

उनलाई मधुसुदन नामका एक व्यक्तिले ‘भारतमा टेस्लाको उत्पादन एकाई खोल्ने, नखोल्नेबारेमा सोधका थिए । जवाफमा मस्कले यो उत्तर दिएका हुन । अघिल्लो वर्ष अगस्टमा एलन मस्कले भारतमा आयातित आफ्नो कार सफल भएपछि मात्रै भारतमै उत्पादन कम्पनी खोल्ने बताएका थिए ।

यो भन्दा अगाडि भारनको केन्द्रिय सडक परिवहन र राजमार्ग मैत्री नितिन गडकरीले टेस्ला भारतमा आफ्नो कारको उत्पादन गर्न चाहन्छ चीनमा बनेको कार भारत ल्याएर बेच्न नहुने बताएको थियो । अमेरिकी विद्युतीय कार कम्पनीले भारत सरकारसँग आयात करमा शूल्क कम गर्नको लागि लगातार माग गरिरहेको छ ।