|  

नेपाली म्याराथन धावकले विश्व च्याम्पियनशीपमा सहभागी हुन नपाउने

१४ जेठ, काठमाठौं । विश्व एथलेटिक्स च्याम्पियनशीपमा नेपाली म्याराथन धावकले सहभागिता जनाउन नपाउने भएका छन् ।

अमेरिकाको ओरेगनमा जुलाई १५ देखि २४ तारिखसम्म विश्व एथलेटिक्स च्याम्पियनशीपको आयोजना हुँदैछ । विश्व एथलेटिक्स च्याम्पियनशीपको म्याराथनतर्फ सहभागिता जनाउन म्याराथन धावकले निर्धारित दूरी (४२।१९५ किलोमिटर) कम्तिमा २ घण्टा ११ मिनेट ३० सेकेन्डमा पुरा गरेको हुनुपर्नेछ । तर नेपाल एथलेटिक्स संघले आधिकारिकता प्रदान गरेको नेपालगंज म्याराथन, पोखरा म्याराथन र त्रिभुवन आर्मी क्लबको सीओएएस म्याराथनका कुनै पनि धावकहरूले २ घण्टा ११ मिनेट र ३० सेकेन्डभित्र दूरी पुरा गरेका छैनन ।

नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाहले पनि नेपाली म्याराथन धावकले सहभागिता जनाउन नपाउने सम्भावना रहेको बताए । उनले च्याम्पियनशीपका लागि निर्धारित गरेको समय नेपाली म्याराथन धावकले पूरा गर्न नसक्ने बताउदै सहभागिता लगभग नहुने जनाएका थिए । उनले पछिल्लो समय नेपाली म्याराथन धावकले राम्रो प्रदर्शन गर्न नसकिरहेको समेत बताए ।