|  

धनगढीको गेटामा ३ सय शैय्याको अस्पताल संचालनमा आउने 

१४ जेठ, काठमाठौं । सुदूरपश्चिम प्रदेशको धनगढीमा ३ सय शैय्याको अस्पताल तत्काल संचालनमा आउने भएको छ ।

भौतिक संरचना निर्माण सम्पन्न भएको धनगढीको गेटा मेडिकल कलेजमा उक्त अस्पताल यसैवर्षमा संचालनमा आउने भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै जनतालाई स्वास्थ्यमा पहुँच र स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उदेश्यले एक दशक अघि गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेका थिए ।

गेटा मेडिकल कलेजको भौतिक संरचना अहिले तयार भएको छ । यसै आर्थिक बर्षमा ३ सय शैय्याको अस्पताल सुरु गर्न प्रधानमन्त्रीले स्वास्थ्य र शिक्षा मन्त्रालयलाई यसअघि नै निर्देशन दिइसकेका छन् । प्रधानमन्त्रीको निर्देशन अनुसार यसै आर्थिक बर्षदेखि अस्पताल सुरु हुन लागेको हो । मेडिकल कलेज संचालनका लागि कम्तिमा ३ सय शैय्याको अस्पताल ३ बर्षसम्म संचालन भएको हुनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार यस बर्षदेखि अस्पताल संचालन गरिने भएको हो।

उक्त समितिले ७५ विगा जमिनमा फैलिएको अस्पतालमा ढल, विजयली र पानीको तत्काल प्रवन्ध गर्नुपर्ने पनि सुझाव दिएको थियो। सोही सुझावका आधारमा आवश्यक सबै कामहरु यसै आर्थिक बर्षको सुरुदेखि अघि बढाइने भएको छ । गेटा सुरु भए लगत्तै सुदूरपश्चिम क्षेत्रका सयौले रोजगारी पाउनुका साथै सुदूरपश्चिमको विकासमा एउटा फड्को मार्ने बताइएको छ।