|  

गगन थापामा मानवता हराएको शान्ता चौधरीको टिप्पणी

१४ जेठ, काठमाठौं । नेकपा एमालेकी सचेतक शान्ता चौधरीले काँग्रेसका महामन्त्री गगनकुमार थापामा मानवता हराएको टिप्पणी गरेकी छन् ।

विरामी भनेर संसदमा बसेर सम्बोधन गर्ने र स्वस्थ मानिसजस्तै तीन घण्टा बोल्ने भन्दै थापाले ओलीप्रति व्यंग्य गरेका थिए । निर्वाचनमा भोगेको पराजयले रन्थनिएका प्रतिपक्षी दलका नेता बसेर उठेर सुतेर जसरी बोले पनि हुने र आफूहरुले सन्दिएर विचारा बाहेक अरु भन्ने ठाउँ नरहेको थापाले बताएका थिए ।

आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्नेगरी कांग्रेस सांसद थापाले संसदमा दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै उनले यस्तो बताएकी हुन् । स्वास्थ्यका कारणले बसेर सम्बोधन गरेको कुरालाई नकारात्मक ढंगले प्रस्तुत गर्नुले थापामा मानवता हराएको देखिएको उनले टिप्पणी गरेकी हुन् ।