|  

थप ८ जनामा कोरोना पुष्टि, १५ डिस्चार्ज

१४ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पीसीआर विधिबाट आज ११ सय १९, एन्टीजेन विधिबाट ८ सय ५० जनामा परिक्षण गर्दा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो  ।

आज थप १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ । हाल नेपालमा कोरोना सक्रिय संक्रमित संख्या १ सय १४ रहेको मन्त्रालयले जनाएको छ । 
No photo description available.