|  

सरकारले नागरिकहरुलाई नागरिकता दिन नसक्दा नागरिकहरु राष्ट्रिय अधिकारबिहीन भएर बाच्न विवश छन्ः यादव 

१४ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद उपेन्द्र यादवले नेपाल सरकारका कारण नेपालीहरुले नागरिकता पाउन नसकेको आरोप लगाएका छन् ।

शनिबार प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०७९ / ८० को नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने सरकारको दायित्व पूरा हुन नसक्दा नेपाली नागरिकहरुले समस्या भोग्नुपरेको बताए ।

यादवले सरकारले नागरिकहरुलाई नागरिकता दिन नसक्दा नेपाली नागरिकका सन्तानहरु, राष्ट्रिय अधिकारबिहीन भएर बाच्न विवश रहेको बताए । उनले सरकारले नागरिकता विधेयक तत्त्काल पास गरेर नेपाली नागरिकलाई नागरिकताको समस्याबाट मुक्ति दिनुपर्ने बताए ।  उनले भने,‘अझैपनि लाखौँ नेपाली नागरिकहरु जसको आमा बुवा दुवै नेपाली नागरिक छन् ।

दुवैले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन् । तिनका सन्तान अझैपनि कसरी गैर नागरिक भएर बसेका छन्, कसरी गैर नागरिक बनाइएको छ । तिनलाई नागरिकता दिने दायित्व राज्यको हो । राज्यले आफ्नो दायित्व पूरा नगर्दा ती नेपाली नागरिकहरु, नागरिकका सन्तानहरु, राष्ट्रिय र अधिकारबिहीन भएको अवस्थामा बाच्न विवश छन् ।’