|  

ओखलढुंगामा बालिकालाई बलात्कार गरेको आरोपमा १ पुरुष पक्राउ

१४ जेठ, काठमाडौं । ओखलढुंगामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मोलुङ गाउँपालिका-५ बस्ने ४४ वर्षीय तारानाथ पोखरेल रहेका छन् ।

पोखरेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।ती बालिकालाई आफ्नै घरको कोठामा बोलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको सूचनापछि खटिएको प्रहरी टोलीले पोखरेललाई नियन्त्रणमा लिएको हो ।घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।