|  

१४ लाख बराबरको अवैध कपडा बरामद

१४ जेठ, काठमाडौं । सर्लाहीमा लाखौंको अवैध कपडा बरामद गरिएको छ।

सर्लाहीको पश्चिम क्षेत्र बलरा नगरपालिका-३ बाट सशस्त्र प्रहरीले लाखौं मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ।भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको कपडालाई सशस्त्रको चेकजाँच टोलीले बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी बर्दिबासबाट खटेको टोली र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट छतौनाको संयुक्त टोलीले कपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको कपडाको अन्दाजी मूल्य करिब १४ लाख २१ हजार रहेको प्रहरीले जनाएको छ। कपडासंगै प्रहरीले ओसार पसारमा प्रयोग भएका भारतीय नम्बर भएका दुईवटा मोटरसाइकल समेत बरामद गरेको छ।