|  

महिला विश्वकप छनौटका लागि नेपाली टोलीको घोषणा 

१४ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यु-१९ महिला विश्वकप छनौटका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

क्यानले आज कृतिका मरासनीको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको छ । सन् २०२३ मा अफ्रिकामा हुने विश्वकपको छनौटका लागि क्यानले खेलाडीको नामावली सार्वजनिक गरेको हो ।

टोलीमा कृतिका मरासिनी, स्नेहा महरा, श्रृष्टी जैसी, मनीषा उपाध्याय, मनीषा राना मगर,  एलिसा यादव, साना प्रवीन, रञ्जु श्रेष्ठ, आस्मा पुलामी मगर,  सानु राजवंशी, किरण कुँवर, अञ्जली विके, अनु कडायत र सुस्मिता भुसाल रहेका छन्।