|  

सुक्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

१४ जेठ, काठमाडौं । चितवनस्थित नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका-६, नाम्दीखोलानजिकै आज साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी एकजना घाइते भएका छन् ।

बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ ।