|  

 ढुंगाले लागेर एक महिलाको मृत्यु

१४ जेठ, काठमाडौं । बैतडीमा ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका-१ सिराड बस्ने मैना धामी रहेकी छिन् ।धाँमीको बाटोमा हिडिरहेको बेला माथिबाट खसेको ढुंगाले लाग्दा मृत्यु भएको हो ।हिजो (शुक्रबार) साँझ वडा नम्बर १ को आफ्नो घरबाट वडा नम्बर ३ स्थित घरमा धान ल्याउनका लागि गइरहेका बेला बाटोमा माथिबाट खसेको ढुंगा लागेर उनको घटनास्थलमै ज्यान गएको हो ।

साँझको समयमा हावाहुरी र पानी परेका बेला माथिबाट खसेको ढुंगाले मैनाको टाउकोमा लागेको र घटनास्थलमै मृत्यु भएको बताइएको छ ।शव पोस्टमार्टमका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरीले जनाएको छ ।