|  

२४ घण्टामा १० वटा जिल्लमा आगलागी, १ करोड २८ लाख बराबरको क्षति 

१४ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १० जिल्लाका विभिन्न स्थानमा आगलागीका घटना भएको छ ।

उक्त घटनामा दुईजना घाइते भएका छन् । एक करोड २८ लाख ५५ हजार रुपैयाँबराबरको धनमाल क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार यो तथ्यांक यही जेठ १३ गते बिहान १० बजेदेखि जेठ १४ गते बिहान १० बजेसम्मको हो । त्यसक्रममा चार चौपाया क्षति भएको जनाइएको छ ।