|  

मलामी गएका १ पुरुषको नदीमा डुबेर मृत्यु

१४ जेठ, काठमाडौं । सल्यानमा मलामी गएका १ पुरुषको शारदा नदीमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा शारदा नगरपालिका १४ माल्नेटा च्याउखोलाका बहादुर शाही रहेका छन् ।शाही शारदा नगरपालिका १४ माल्नेटाको ढारखानीका ४० वर्षीय विजय पुनको मलामी गएका थिए ।

लास जलाइरहेका बेला नुहाउन गएका शाहस् डुबेर बेहोस भएका थिए । शाहीलाई उद्धार गरी जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको बताइएको छ । शव जिल्ला अस्पताल सल्यानमा पोस्टमार्टमका लागि राखिएको छ ।