|  

बजेट भाषण भोलि दिउँसो ४ बजे

१४ जेठ, काठमाडौँ ।   सरकारले आगामी आर्थिक वर्षका लागि बजेट जेठ १५ गते संसदमा प्रस्तुत गर्ने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसो ४ बजे दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत हुने जानकारी दिएका हुन्।

यसअघि शनिबार सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आर्थिक सर्वेक्षण समेत प्रतिनिधि सभामा पेस गरेका छन्।