|  

आगामी निर्वाचनमा रवि लामिछानेले को सँग गदैं छन् प्रतिष्प्रधा ? (हेनुहोस् भिडियो)

२ असार, काठमाडौं । नेपाली चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने अब राजनीतिमा होमिने भएका छन् ।

हाल ग्यालेक्सी टिभीमा कार्यरत लामिछानेले आज मात्र टेलिभिजन छाडेका छन् । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उत्साहजनक उपस्थिति देखिएसँगै हौसिएका लामिछाने संघीय निर्वाचन लड्ने तयारीका साथ राजनीतिमा होमिएका हुन् ।

आज सामाजिक सञ्जाल फेसबुक मार्फत एक भिडियो क्लिपमा लामिछानेले आज (बिहीबार) देखिनै आफू पूर्णकालीन राजनीतिमा होमिएको बताएका थिए ।

राजनीतिमा होमिएका लामिछाने काठमाडौं- ५ वा २ बाट चुनाव लड्ने बताएको छ ।काठमाडौं २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काठमाडौं ५ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जितेको क्षेत्र हो ।